नेपाल बैंकले ल्याउँदै ६.९९ ब्याजदरको बिजनेस कर्जा


स्काई न्यूज मंसिर ४, सुर्खेत ।
नेपाल बैंक लिमिटेडले व्यावसायिक क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यले ६.९९ प्रतिशत ब्याजदरको बिजनेस कर्जा योजना ल्याउने भएको छ । बैंकले ८४औं वार्षिकोत्सवका अवसरमा पारेर ‘एनबीएल एनिभर्सरी बिजनेस लोन’ नाम दिइएको उक्त ‘प्रडक्ट’ कर्जा योजना व्यावसायिक क्षेत्रलाई लक्षित सार्वजनिक गर्ने तयारी गरेको हो । कर्जा लिन व्यवसाय सञ्चालन भएको कम्तीमा ६ महिना पुगेको हुनु पर्नेछ । व्यवसायको प्रकृति र आकारका आधारमा लागतको शतप्रतिशत र स्टक तथा रिसियबलको बढीमा ८० प्रतिशतसम्म कर्जा प्रवाह गरिने बैंकका प्रवक्ता प्रकाशकुमार अधिकारीले जानकारी दिए ।

कोभिड–१९ ले प्रभावित व्यावसायिक क्षेत्रको उत्थानमा टेवा पु¥याउने उद्देश्यले वार्षिकोत्सवका अवसर पारेर सुलभ दरको बिजनेस कर्जा योजना ल्याइएको उनको भनाइ छ । हाल बैंकका ६४ जिल्ला शाखाबाट थप विस्तार गरेर ६८ जिल्लामा पुल्याउने लक्ष्य छ । अब ग्राहकले अनलाइनमार्फत नेपाल बैंकमा निक्षेप खाता खोल्न पाउने भएका छन् । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ५५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । सो अवधिमा पुँजी र रिजर्भ गरी ३० अर्ब ८ करोड रुपैयाँ छ । यस्तै बैंकको कुल निक्षेप १ खर्ब ४५ अर्ब रुपैयाँ र कुल कर्जा तथा सापटी १ खर्ब १४ अर्ब रुपैयाँ छ । बैंकको पुँजी लागत कोष १७.०३ प्रतिशत छ । ८४ वर्षअघि वि.सं. १९९४ मा नेपालको पहिलो बैंककारुपमा यो बैंकको स्थापना भएको थियो ।

Translate »