बाँकेमा कोरोनाबाट थप दुईको मृत्यु

मंसिर ४,काठमाडौँ ।
बाँकेमा उपचाररत दाङका दुई जना कोरोना संक्रमित पुरुषको बिहीबार बिहान मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–६ का ५६ वर्षीय पुरुषको बिहान २:२० बजे नेपालगन्ज मेडिकल कलेज कोहलपुर र तुलसीपुर–६ बरुवागाउँका ८१ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा बिहान साढे ३ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए । योसंगै बाँकेमा उपचारका लागि गएका बाहिरी जिल्लाका ४२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

Translate »