४ करोडको कपास थन्कियो

मंसिर ३, बाँके ।
बाँके जिल्लाको खजुरा कपास विकास समितिमा २०३ मेट्रिक टन प्रशोधित कपास ६ वर्षदेखि विक्री नहुँदा गोदाममा थन्किएको छ । समितिले कृषकबाट खरीद गरी प्रसोधन गरेर विक्रीका लागि तयारी अवस्थामा राखेको करीब रू। चार करोड मूल्य बराबरको कपास विक्री नभएपछि गोदाममै थन्किएको हो । पहिले हेटौंडा कपडा उद्योग र बुटवल धागो कारखानाले कपास खरीद गर्दै आएकामा ती दुवै उद्योग बन्द भएपछि उत्पादित कपास खेर जाने अवस्था रहेको समितिका निमित्त प्रमुख विजयकुमार जोशीले बताए । सरकारी उदासीनताका कारण पश्चिम तराईका कृषकलाई कपास खेतीमा आत्मनिर्भर बनाई मुलुकमा आवश्यक पर्ने कपासको परिपूर्ति गर्ने उद्देश्यले स्थापना भएको सो समिति अहिले धरासायी बनेको उनको भनाइ छ । (रासस)

 

Translate »