नेकपा सचिवालय बैठक बस्दै

कात्तिक २८,काठमाडौ ।
नेकपा सचिवालयको बैठक आज बस्दै छ । पार्टी अध्यक्षहरुको सहमतिमा महासचिव बिष्णु पौडेलले बैठक बस्ने जानकारी दिए । बैठकमा पार्टीमा पछिल्लो समयमा विकसित परिस्थितिका बारेमा छलफल हुने जानकारी नेताहरुले दिएका छन् । यसअघि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत ५ जना सचिवालय सदस्यले सहमतिमा बैठक राख्न अर्का अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली समक्ष लिखित आग्रह गरे । बैठकमा पछिल्लो समय देखिएको पार्टीभित्रको आन्तरिक विबाद कसरी समाधान गर्ने भन्ने विषयमा पनि छलफल हुनेछ । नेकपामा पार्टी एकिकरणको काम पुरा गर्ने सम्बन्धमा र सरकार संचालनको विषयलाई लिएर बेला बेलामा नेतृत्वबीच विवाद उत्पन्न हुने गरेको छ ।

Translate »