बाँकेमा थप ४४ जना डिष्चार्ज

कात्तिक २८,नेपालगन्ज।
बाँकेमा आज ४४ जना कोरोना संक्रमित निको भई डिष्चार्ज भएका छन् । डिष्चार्ज हुनेमा २६ पुरुष र १८ महिला छन् । यो संगै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ३ हजार २ सय ३६ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए । जिल्लामा कोरोना निको हुने दर ९१.९४ प्रतिशत रहेको छ । आइसोलेसनमा २ सय ४८ जना छन् । बाँकेमा हालसम्म ३ हजार ५ सय २२ जनामा कोरोना पुष्टि भएको छ । अहिलेसम्म ३६ जनाको मृत्युु भएको छ ।

Translate »