भीरबाट लडेर नेपाली सेनाका जवानको मृत्यु

कात्तिक २७,जाजरकोट ।
भीरबाट लडेर जाजरकोटमा एक सैनिकको मृत्यु भएको छ। ब्यारेक फर्कने क्रममा बुधबार राति कञ्चनपुर महेन्द्रनगर नगरपालिका ३ तिलकपुर घर भएका नेपाली सेनाका जवान निर्मल बोहोराको मृत्यु भएको हो। सेनाका अनुसार घर बिदामा गएका बोहोरा जाजरकोटस्थित मालिका ब्यारेक आउँदै गरेका थिए। अफ्ठयारो बाटोबाट रातिको समयमा ब्यारेक जान खोज्दा गलत बाटो प्रयोग गर्दा लडेर घाइते अवस्थामा पुगेका उनलाई स्थानीय यातायात व्‍यवसायीले उद्धार गरेर जिल्ला अस्पताल पुर्‍याएका थिए। तर, चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मदिरा सेवन गरेको पाइएको छ। (थाहा खबर)

 

Translate »