हुम्लामा बन्यो स्वास्थ्य सेवा कार्यालयको भवन

कात्तिक २७,हुम्ला ।
स्वास्थ्य सेवा कार्यालय हुम्लाको नव निर्मित प्रशासनिक भवन संचालनमा आएको हो । नवनिर्मित भवनको हिजो उद्घाटन गरिएसँगै अब सेवाग्राहीले नयाँ भवनबाट सेवा लिन पाउनेछन । यो नवनिर्मित प्रशासनिक भवन झण्डै ३ करोडको लागतमा निर्माण गरिएको हो । २ करोड ९७ लाख ९१ हजार ७ सय २२ रुपैया ८९ पैसामा नव निर्मित भवन निर्माण भएको स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेमबहादुर सिहंले जानकारी दिए। भवन डिभिजन कार्यालय जुम्ला माताहतबाट यो भवन निर्माण भएको हो । कर्णाली प्रदेश प्रमुख गोविन्द्र प्रसाद कलौनीले बुधबार यो भवनको उद्धघाटन गरे ।

Translate »