हराउँदै चौकुने घर

कात्तिक २६, रोल्पा ।
रोल्पामा पुराना पुस्ताले बनाएका चौकुने खरका छानाको घर हराउँदै गएका छन् । विकासको क्रमसँगै आधुनिक प्रविधिका जस्ता पाता, ढुङ्गाका छाना भएका घरहरु बन्न थालेपछि परम्परगत चौकुने घर हराउँदै गएका हुन । यस्ता चारकुने घर पहिले पर्याप्त मात्रामा लत्ता कपडा नहुँने बेलामा हावा र चिसोबाट बच्नका लागि बनाइन्थ्यो । यी घरहरु स्वास्थ्यको दृष्टिकोणले समेत राम्रो मानिन्छ । चारकुने घर चिसो मौसममा तातो हुने र गर्मीको समयमा समेत धेरै गर्मी हुँदैन । चारैतिर छाना हुने भएकाले सुरक्षाको हिसावले पनि यस्ता घर राम्रो हुने स्थानीय कर्मलाल परियारको भनाइ छ । पछिल्लो समय जिल्लामा यस्ता चारकुने घर बनाउने दक्ष जनशक्तिको समेत अभाव भएकोले यस्ता घर बनाउने चलन हटेको स्थानीय बुढापाकाहरु बताउँछन् । यस्ता घरले पुराना पुस्ताले प्रयोग गरेको पुरानो मौलिकता समेत बचाउँदै आएको छ । तर पछिल्लो समय यी घरहरु विस्थापित हुन थालेका छन् । पछिल्लो समयमा यस्ता घरहरु पर्यटकीय हिसावले समेत आकर्षण बन्दै गएका छन ।

Translate »