सडक दुर्घटनामा परि एक दम्पतीको मृत्यु

कात्तिक २३,बर्दिया ।
नेपालगन्ज – गुलरिया हुलाकी सडक खण्ड अन्तर्गत बर्दिया जिल्लाको पचासामा सडक दुर्घटनामा परि श्रीमान श्रीमतीको एकैचोटी ज्यान गएको छ । नेपालगन्जबाट गुलरियातर्फ आउँदै गरेको भे ३ प ७८७० नम्बरको मोटरसाइकल र काठ लिएर विपरीत दिशाबाट जाँदै गरेको भे १ त ५०९९ नम्बरको ट्याक्टर एक आपसमा ठोक्किँदा बर्दियाको बढैयाताल गाउँपालिका वडा नं ७ निवासी ललिता रिमाल र अर्जुन रिमालको मृत्यु भएको हो ।

बढैयाताल गाउँपालिका वडा नं ८ पचासा नजिक गए राति करिब ८ बजेतिर ट्याक्टर र मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार अर्जुन २५ वर्षका र उनको  श्रीमती २३ बर्षकी ललिता ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाले जनाएको छ । दुर्घटनामा परि गम्भीर अवस्थामा रहेका रिमाल दम्पतीलाई उपचारको लागि नेपालगन्ज पठाइएको थियो । उपचारकै क्रममा दुवैको ज्यान गएको प्रहरीले जनाएको छ ।

Translate »