१२ किलो अफिमसहित दुई जना पक्राउ

स्काई न्यूज / कात्तिक २१, सुर्खेत ।
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले लागु औषध अफिमसहित दुई जनालाई पक्राउ गरेको छ । प्रदेश प्रहरीले शुक्रबार पश्चिम रुकुमको आठविसकोट नगरपालिका–९, राडीबजारबाट जाजरकोट नलगाड नगरपालिका–८, का ४६ वर्षिय मालबहादुर सिंह र सोही नगरपालिका–९, का ६० वर्षिय कालिबहादुर सिंहलाई १२ किलो अफिमसहित पक्राउ गरेको हो ।

आठविसकोट राडीबजारका धिरेन्द्र शाहको घरमा बसिरहेको गोप्य सूचनाको आधारमा लागु औषध अफिमसहित दुबै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको कर्णाली प्रदेश प्रहरी कार्यालयका सह–प्रवक्ता (एसपी) माधवप्रसाद श्रेष्ठले जानकारी दिए । उनका अनुसार कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट खटिएको विशेष टोली, लागू औषध ब्यूरो सुर्खेतको टोली, जिल्ला प्रहरी कार्यालय पश्चिम रुकुमबाट खटिएको टोली र ईलाका प्रहरी कार्यालय आठबिसकोटबाट खटिएको टोलीको संयुक्त प्रयासबाट दुबै जनालाई नियन्त्रणमा लिईएको हो ।

Translate »