सुनको मूल्य प्रतितोला १ हजारले बढ्यो

कात्तिक २१,काठमाडौँ ।
सुनको मूल्य आज एकै दिन प्रतितोला १ हजार रुपियाँ बढेको छ । चाँदीको मूल्य पनि आज प्रतितोला ४५ रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि सुनको मूल्य प्रतितोला ९७ हजार २ सय रुपियाँ, तेजाबी सुनको मूल्य ९६ हजार ७ सय रुपियाँ र चाँदीको मूल्य प्रतितोला १ हजार २ सय ५५ रुपियाँ निर्धारण गरिएको छ । हिजो भने सुन प्रतितोला ९६ हजार २ सय रुपियाँ, तेजाबी सुन प्रतितोला ९५ हजार ७ सय रुपियाँ र चाँदी प्रतितोला १ हजार २ सय १० रुपियाँमा कारोबार भएको थियो ।

अन्तराष्ट्रिय बजारमा सुनको मूल्य उकालो लागेकाले त्यसैको प्रभाव नेपाली बजारमा देखिएको महासंघले जनाएको छ । यता, केही दिनदेखि लगातार उकालो लागेको सुनको मूल्य हिजो भने प्रतितोला १ सय रुपियाँ घटेको थियो । साताको पहिलो दिन आइतार प्रतितोला ५ सय रुपियाँ बढेको र सोमबार स्थिर रहे पनि मंगलबार पुनः प्रतितोला ४ सय रुपियाँ र बुधबार प्रतितोला ९ सय रुपियाँ बढेको थियो ।

 

Translate »