सिमकोट विमानस्थलमा कालोपत्रे सुरु

कात्तिक २१,हुम्ला ।
सिमकोट विमानस्थलमा असोज महिनाबाट कालेपत्रे गर्ने काम सुरु भएको छ । ०७५ साल फागुन ३० गते सम्झौता भएर ०७७ भदौ अन्तिममा सक्नुपर्ने कालोपत्रेको काम ढिला गरी सुरु भएको हो । यही असोज १५ गतेबाट सिमकोट विमानस्थल कालो पत्रे गर्न सुरु भएको आयोजनाले जनाएको छ । कोडिभ–१९ र मौसमका कारण विमानस्थल कालोपत्रे गर्ने काम ढिलाइ हुन गएको आयोजनाका सह( साइट इन्चार्ज इन्जिनिएर अजय गुप्ताले बताए ।

सिमकोट विमानस्थलमा ६ सय ५० मिटर लम्वाई र २० मिटर चौडाईको धावन मार्ग, कालोपत्रे भएपछि एप्रोन तथा पार्किङ्गको भाग र हेलिप्याड निर्माण हुने भएको इन्जिनियर गुप्ताले जानकारी दिए । विमानस्थल कालोपत्रे गर्न करिब १० करोड रुपयाँमा ठेक्का सम्झौता भएको थियो । हुम्ला जिल्लास्थित रहेको सिमकोट विमानस्थल कालोपत्रे गर्ने अन्दाजी १०० ट्रन अलकत्रा र १ हजार धनमिटर गिट्टी, ढुङ्गगा लाग्ने आयोजनाले जनाएको छ । असोज १५ गतेबाट सुरु भएको कालोपत्रे २ इन्च लियरमा विमानस्थल कालोपत्रे हुने भएको उनको भनाई छ । विमानस्थल कालोपत्रे र हेलिप्याड निर्माण गर्ने जिम्मा एपेक्स,ग्यालवा द क्याराभान जेवी काठमाडौंले पाएका छन ।

 

Translate »