दुई सातामै २ लाख बेरोजगार दर्ता

पछिल्लो दुई सातामा रोजगारीको माग गर्दै २ लाख नेपालीले बेरोजगार सूचीमा नाम दर्ता गराएका छन् । कोरोना संकटका कारण रोजगारीका क्षेत्र खुम्चँदै गएपछि बेरोजगार हुनेको दर एक्कासी बढेको छ । हालसम्म नेपालभित्र बेरोजगारको सूचीमा नाम दर्ता गराउनेको संख्या लगभग ६ लाख पुगेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले असोजमा सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । मन्त्रालयमा बेरोजगार रहेको जनाउँदै दसैंअघि दुई हप्तामा मात्र १ लाख ९२ हजार युवाले नाम दर्ता गराएका छन् । मन्त्रालयले असोज १५ देखि २९ गतेसम्म सार्वजानिक गरेको तंथ्याकमा बेरोजगार एक्कासी बढेको देखिन्छ । असोज १५ देखि २२ गतेसम्म एक हप्तामा १ लाख ५३ हजार १ सय ६२ युवा बेरोजगारको सूचीमा दर्ता गराएका थिए । यसैगरी त्यसपछिको १ हप्तामा ३९ हजार ७ सय ३० युवाले वेरोजागर रहेको जनाउदै सूची दर्ता गराएका थिए ।

सरकारले प्रधानन्त्री रोजगार कार्यक्रममार्पmत देशभरमा रहेको बेरोजगार सूची दर्ता गराउँदै आएकोमा दसैंअघिका २ हप्ता २ लाख युवाले रोजगारी खोज्दै नाम दर्ता गराएका हुन् । हालसम्म देशभरबाट ५ लाख ६९ हजार ६५३ युवाले बेरोजगार रहेको भन्दै नाम दर्ता गराएका छन् । चालू आर्थिक वर्षदेखि सबै स्थानीय तहले रोजगार केन्द्रमार्पmत बेरोजगार सूची संकलनलाई प्रभावकारी बनाउँदै लगेको मन्त्रालयले जनाएको छ । नेपालका लागि रोजगारीको विकल्प वैदेशिक रोजगारी भएपनि लकडाउनपछि विदेश जाने श्रमिक कम भएपछि स्वदेशमा रोजगारी खोज्ने संख्या बढी भएको श्रमविज्ञ डा. गणेश गुरुङले बताए । वैदेशिक रोजगारमा गएर बेरोजगार बनेर फर्कने नेपालीको संख्या विगत सात महिनामा १ लाखभन्दा बढी भइसकेको छ । नेपालमा नै कृषि र परियोजनाका क्षेत्रमा रोजगारीको सम्भावना खोज्नु पर्ने डा. गुरुङको सुझाव रहेको छ । “सरकारले यसअघि नै रोजगारीका क्षेत्र पहिचान गर्नुपर्ने थियो,” डा. गुरुङले भने, “स्वदेशमा रहेकाहरूका लागि मात्र होइन, विदेशबाट ल्याएका नेपालीलाई पनि सरकारले रोजगारी दिनुपर्ने अवस्था आएको छ ।” स्थानीय, प्रदेश र केन्द्रीय तहमा रोजगार र रोजगारीका विभिन्न विकल्प दिएर सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरिरहे पनि हालसम्म सबै बेरोजगार युवाले रोजगारी पाउन सकेका छैनन् ।
तथ्यांकमा नेपालको रोजगारी र श्रम
नेपालमा १५ वर्ष वा सोभन्दा बढी उमेर समूहको जनसंख्या २ करोड ७ लाख ४४ हजार छ । तीमध्ये ७० लाख ८६ हजार जनसंख्या रोजगारीको क्षेत्रमा रहेको केन्द्रीय तथ्यांक विभागको पछिल्लो सर्वेक्षणले देखाएको छ । यसमा ४४ लाख ४६ हजार पुरुष छन् भने २६ लाख ४० हजार महिला छन् । रोजगारीको क्षेत्रमा रहेको जनसंख्या ९ईपीआर० काम गर्ने उमेर समूह अन्तर्गतको जम्मा जनसंख्याको ३४।२ प्रतिशत रहेको छ । यसैगरी बसोवासको आधारमा रोजगारीको क्षेत्रमा रहेको जनसंख्यामध्ये ४९ लाख १ हजार सहरी क्षेत्रमा रहेको छ भने २१ लाख ८५ हजार ग्रामीण क्षेत्रमा रहेको छ । श्रम मन्त्रालय र विभागको बेरोजगार पहिचान गर्ने मापदण्ड भने फरक रहेको छ । नेपालमा १५ वर्ष वा सोभन्दा बढी उमेर समूहको जनसंख्यामध्ये ९ लाख ८ हजार जनसंख्या बेरोजगार छन्, जसमध्ये ५ लाख ११ हजार पुरुष छन् भने ३ लाख ९७ हजार महिला छन् । बेरोजगारमध्ये बसोबासको आधारमा ६ लाख ४० हजार शहरी क्षेत्रमा रहेका छन् भने २ लाख ६८ हजार ग्रामीण क्षेत्रमा रहेका छन । हरेक वर्ष करिब ५ लाखको संख्यामा श्रमबजार प्रवेश गर्ने युवा जनशक्तिहरूको लागि रोजगारीको सिर्जना गर्नु अहिलेका प्रमुख लक्ष्य र चुनौती हुन । पछिल्लो जनगणनाअनुसार युवाको जनसंख्या १ करोड ६ लाख ९० हजार अर्थात ४०.३४ प्रतिशत रहेको छ । यसको ठूलो हिस्सा अझै पनि विदेशी भूमिमा वैदेशिक रोजगारीका लागि गएका छन् । सरकारले नेपालमा नै रोजगारीको विकल्प विकास गर्न नसक्दा नेपाली युवाहरू विदेशी भूमिमा रगत र पसिना वगाउन बाध्य भइरहेका छन् । (कारोबार)

Translate »