श्रीमानको हत्या गरेको आरोपमा श्रीमती पक्राउ

स्काई न्यूज / कात्तिक २०,सल्यान ।
श्रीमानको हत्या गरेको आरोपमा श्रीमतीलाई प्रहरीले प्रक्राउ गरेको छ । जिल्लाको कपुरकोट गाउँपालिका–५ पाङराङ बस्ने ५४ वर्षको रामे कामीलाई हत्या गरेको आरोपमा उनकी श्रीमती ४३ वर्षीया ईश्वरी कामीलाई प्रहरीले पक्राउ गरेको हो । बुधबार बिहान आफ्नै घरमा सामान्य घरायसी विवाद हुँदा घाँटी थिचि पिर्का (चौकी) ले टाउँकोमा प्रहार गरी हत्या गरेको मृतकका बुवाले प्रहरीलाई जानकारी दिएका छन् । कुनै सन्तान नभएको र जग्ग्गा बेचेर पसल गर्ने विषयमा झगडा हुने गरेको मृतकका बुवा पर्से कामीले किटानी जाहेरीमा उल्लेख गरेका छन् । श्रीमान हत्या गरेको आरोपमा श्रीमतीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता लक्ष्मण ओलीले बताए ।

Translate »