बाँकेमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु

कात्तिक १८,नेपालगन्ज ।
बाँकेमा उपचाररत दाङकी कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १० की ६५ वर्षीया महिलाको आज दिउँसो १ः५० बजे नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए। स्वास्थ्यमा समस्या देखिएपछि हिजो अस्पताल भर्ना भएकी उनमा हिजो नै कोरोना पुष्टि भएको थियो । यो संगै बाँकेमा बाहिरी जिल्लाबाट उपचारका लागि आएका २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

Translate »