चंखेली हिमाल चड्नेको भिड

मुगु जिल्लाको छायानाथ रारा नगरपालिका वडा नम्बर १४ मा रहेको चंखेली हिमाल चढ्ने र घुम्नेको भिड लाग्ने गरेको छ । चंखेली हिमाल समुद्री सतहदेखि ४५ सय मिटरको उचाइमा रहेको छ । हिमालको चुचुरोम पुगपछि रारा, चुचेमार, मुर्माटप, कर्णाली नदी, मुगु, हुम्ला र जुम्ला जिल्लाका केही स्थानको दृष्यावलोकन गर्न सकिन्छ । यो हिमालमा विसं २०४०सालमा राजा विरेन्द्र शिकार खेल्न आएको स्थानीयले बताएका छन् । यसैगरी नेपाली एक रुपैयाँको नोटमा अंकित उक्त हिमाल प्रचारप्रसाको अभावमा ओझेलमा परेको छ ।

मुगुको सदरमुमाम गमगढी बजारदेखि तीन घण्टाको यात्रासँगै चंखेली हिमालको फेदमा पुगेपछि पुन २ घण्टा उकालो पैदल हिँडेर हिमालमा पुगिन्छ । रारा तालसँगै जोडिएकाले चंखेली हिमाल पर्यटकीय गन्तव्य र आन्तरिक एवम् बाह्य पर्यटकको आकर्षण बन्न सक्ने सम्भावना रहेको छ । हिमालमा पुगेपछि चार धाम मध्ये एक छायानाथसमेत देखिने भएकाले धार्मिक पर्यटनका रुपमा पनि विकास गर्न सकिने सरोकारवालाहरुले बताउँदै आएका छन् । (कारोबार)

 

Translate »