दुई सातादेखि हुम्लाका दुई गाउँपालिका संचार सम्पर्कबिहिन

कात्तिक १६,हुम्ला ।
हुम्लाका दुई गाउँपालिकामा दुई सातादेखि संचार सम्पर्कविहिन भएका छन । यहाँ न त इन्टरनेट छ न त टेलिफोन नै । हुम्लाका चखेली र सर्केगाड गाउँपालिकाका झण्डै १० हजार सेवाग्राही टेलिफोन र इन्टरनेट सेवा नहुँदा मर्कामा परेका छन । १५ दिनदेखि दुबै गाउँपालिका स्थानीयले बाहिर आफन्तसँग र महत्वपूर्ण कुरा समेत गर्न नपाउँदा समस्या भोग्नु परेको स्थानीयहरुको गुनासो छ । टेलिफोन मर्मत गर्न आएका नेपाल टेलिकमका कर्मचारीले पहिला काम गरेको टेलिफोन पनि झनै बिगारेर फर्किएका सेवाग्राहीले गुनासो गरेका छन ।

दिनभर टावर आउँदैन राति १२ बजे र राति ४ बजे एकचोटी मात्रै टावर आउने गरेको सर्केगाड गाँपालिका वडा नम्बर ५ का वडाध्यक्ष कर्णजंग शाहीले जानकारी दिए । यसैगरी, चखेली गाउँपालिकामा पनि टेलिफोन र इन्टरनेट काम गर्न छोडेपछि यहाँका स्थानीयले सास्ती खेप्नु परेको चखेली गाउँ पालिका ४ का स्थानीय जसबहादुर रोकायले दुखेसो पोखे । (नेपाल टेलिभिजन)

 

Translate »