नेपाल बैंकले तीन महिनामा कमायो ५५ करोड नाफा

कात्तिक १६,काठमाडौं ।
नेपाल बैंकले तीन महिनामा ५५ करोड नाफा आर्जन गरेको छ । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा ५५ करोड ४ लाख रुपैयाँ नाफा आर्जन गरेको हो । बैंकले सार्वजनिक गरेको अपरिस्कृत त्रैमासिक वित्तिय विवरण अनुसार यो नाफा गत आवको सोही अवधीको तुलनामा तीन करोड १४ लाख रुपैयाँले कम हो । बैंकले तीन महिनामा वितरण योग्य नाफा भने १९ करोड ६४ लाख रुपैयाँ आर्जन गरेको छ । ११ अर्ब २८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १३ अर्ब ६९ करोड रुपैयाँ रहेको छ । बैंकले एक खर्ब ४५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर एक खर्ब ७ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकले एक अर्ब ४८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको देखिन्छ । बैंकको प्रति सेयर आम्दानी १९.५१ रुपैयाँ छ । आधार ब्याजदर ६.८१ प्रतिशत, स्प्रेड दर ४.३८ प्रतिशत छ । बैंकको सीडी रेसियो भने ६६.५४ प्रतिशत छ । नेपाल बैंकको कष्ट अफ फण्ड भने ३.९७ प्रतिशत छ । बैंकले खराब कर्जा भने २.७५ प्रतिशतबाट बढाएर ३.०२ प्रतिशत पुर्याएको छ ।(कर्पोरिट नेपाल)

Translate »