दुई लाख ५१ हजारसहित २९ जुवाडे पक्राउ

कात्तिक १५,कैलाली ।
कैलालीमा दुई लाख ५१ हजार चार सय नगदसहित २९ जना जुवाडे पक्राउ परेका छन् । जोशीपुर गाउपालिका वडा नम्बर १ स्याउलेबाट गएराति २ बजेतिर उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सुदूरपश्चिम क्षेत्रिय अनुसन्धान समूह आरआइटी र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नाउव उपरिक्षक प्रतिक विष्टले जानकारी दिए । पक्राउ पर्नेहरुमा एक जना भजनी नगरपालिकाका र अरु सबै जोशीपुर गाउपालिकाका स्थानीय रहेका प्रवक्ता विष्टले बताए ।

 

Translate »