इस्लाम धर्मका प्रवर्तक मोहम्मदको आज जन्मोत्सव मनाइँदै

कात्तिक १५,बाँके ।
मुश्लिम धर्मावलम्बीहरुले आज धुमधामका साथ मोहम्मद डे मनाइरहेका छन । इस्लाम धर्मको अन्तिम प्रवर्तकका रुपमा बाँक सहित देशभर हजरत मोहम्मदको १४९५ औं जन्मोत्सव आज शुक्रवार बिहानैदेखि धुमधामका साथ मनाइँदै छ । मोहम्मद जयन्तीको सुअवसरमा मुस्लिमहरु आ–आफ्नो घरको सरसफाई गरी घरमा रङ्गरोगन गराएर घर घरमा धार्मिक झण्डा लगाउँछन् । घर घरमा लाइटिङ्ग गर्छन् र दीप प्रज्वलित गर्छन् । नुवाइ धुवाइ गरी नयाँ कपडा र कपडामा इत्तर लगाउँछन् । रात भरी जग्राम बसे इबादत (प्रनर्थना) गर्छन् । राति आफ्ना मृतकहरुका आत्माको शान्तिका लागि मगफिरतको दुआ गर्न कब्रिस्तान जान्छन् । भोलिपल्ट घरमा मीठा मीठा परिकार बिर्यानी, खीर र हलुवा आदि बनाउंछन् । साथीभाई र आफन्तलाई बोलाएर खाना खुवाँंछन् । यस बाहेक आजको दिनमा दिनमा मुस्लिम समुदायले र्याली निकाल्ने, मस्जिदहरुमा कुरान पाठ गर्ने, उहाँका उपदेश स्मरण गर्ने, सामूहिक भोज खाने र एक–अर्कामा शुभकामना साटासाट गर्ने चलन छ । बाँकेको नेपालगन्जको हकमा यो पर्वमा सामाजिक सद्भावको उदाहरणको रुपमा लिँदै सबै धर्मका अगुवा र सबै धर्मगुरुहरु सुरक्षा निकायका प्रमुख, प्रहरी, राजनीतिकर्मी, पत्रकार, मानव अधिकारकर्मी आदिको उपस्थितिमा नगर परिक्रमा गर्न जूलुसे मोहम्मदी निकाल्छन् ।

जसमा सबै जातजाती र समुदायका व्यक्तिहरु जसले समुदायमा सद्भाव भाईचारा कायम गर्न गराउन योगदान पुर्याउनेहरुलाई सम्मान गरिन्छ । तर, यस वर्ष कोरोना सङ्क्रमणको जोखिमका कारण सामूहिक भेला भएर गरिने कार्यक्रमहरु भने प्रभावित भएका छन् । भेला हुने कार्यक्रमको आयोजना नगरिए पनि बिहानैदेखि नेपालगन्जको बिभिन्न सडक र टोलहरुमा जुलुस निकालिएको छ भने एक आपसमा भेटेर शुभकामना आदान प्रदान गरी मनाईदैछ । मोहम्मदको जन्म इस्वी सम्वत् ५७१ अर्थात् इस्लामी पात्रो हिजरी सम्वतको १२ रब्बी औव्वलमा साउदी अरबको मक्कामा भएको थियो । बुवा अब्दुल्लाह र आमा आमिनाको कोखबाट उनको जन्म भएको थियो । उनी जन्मिँदा रगतले नलतपतिएको, नुहाइदिइसकेपछिको जस्तो सफा, सुगन्धयुक्त र जन्मजात खतना गरिएको अवस्थामा जन्मिएको मान्यता रहेको पाइन्छ । उनको निधन ६३ वर्षको उमेरमा साउदी अरबको मदिनामा भएको थियो । त्यसैले पनि मुश्लिम धर्म मान्नेहरुका लागि साउदी अरबको मक्का र मदिनालाई पवित्र तिर्थस्थल मानिन्छ ।

 

Translate »