थप १६ जनाको कोरोना संक्रमणबाट मृत्यु पुष्टि

संक्रमितको संख्या १ लाख ६८ हजार २३५ पुग्यो

कात्तिक १४, काठमाडौं ।
नेपालमा शुक्रवार थप ३ हजार ५१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा शु्क्रवारसम्म सक्रिय संक्रमितको संख्या ३८ हजार ३५७ जना रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६८ हजार २३५ जना पुगेको छ । नेपालमा हालसम्म कोरोनाबाट निको हुनेको संख्या १ लाख २८ हजार ९५८ जना पुगेको छ। मन्त्रालयका अनुसार विगत २४ घण्टामा थप १६ जनाको कोरोना संक्रमणबाट मुत्यु भएको छ ।

योसँगै कोरोना संक्रमणबाट ९२० जनाको मृत्यु पुष्टि भएको छ । विगत २४ घण्टामा ४ हजार ९६ जना कोरोना संक्रमणबाट मुक्त भई डिस्चार्ज भएका छन् । हाल मुलुकका विभिन्न भागमा रहेका क्वारेन्टाइनमा २ हजार ६६६ जना रहेका छन् । मन्त्रालयका अनुसार मुलुकका विभिन्न भागमा रहेका आईसोलेशनमा ३८ हजार ३५७ जना रहेका छन् । त्यस्तै हालसम्म १४ लाख ३४ हजार ५३ ओटा पीसीआर परीक्षण भइसकेको छ ।

 

Translate »