सुनको मूल्य घट्यो

चाँदीको भने स्थिर

कार्तिक १४, काठमाडौं ।
नेपाली बजारमा शुक्रवार पहेंलो धातु सनुको मूल्य अघिल्लो दिनको तुलनामा रू. २०० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार छापावाला सुनको मूल्य प्रतितोला रू.९४ हजार ५०० र तेजावी सुनको मूल्य प्रतितोला रू.९४ हजारमा कारोबार भइरहेको छ । अघिल्लो दिन भने सुनको मूल्य प्रतितोला रू.९४ हजार ७०० मा कारोबार भएको थियो । बिहीवार भने सुनको मूल्य तोलामा रू.१ हजार घटेको थियो। चाँदीको मूल्य भने शुक्रवार रू. १ हजार १८० मा कारोबार भइरहेको छ । सोही मूल्यमा अघिल्लो दिनपनि चाँदीको कारोबार भएको थियो । बडादसैं सकिएर दिपावली नजिकिने क्रम शुरु भएकाले सुनको मूल्यमा उतारचढाव आउन सक्ने सुनचाँदी व्यवसायीहरु बताउँछन् ।

Translate »