सुर्खेतमा रेडपाण्डाको छालासहित ४ जना पक्राउ


स्काई न्यूज / कार्तिक ५, सुर्खेत ।
सुर्खेतमा दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दैलेख नौमुले गाउँपालिका–२,मनोज विक, सोही गाउँपालिका–३, बस्ने मनबहादुर सुनार, पदमबहादुर सुनार र नारायण नगरपालिका–९, बस्ने सबिता थापा रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले सुर्खेतले जनाएको छ । बुधबार वीरेन्द्रनगर–६, गोदामलाइनमा रहेको होटल पञ्चकोशीमा ८ लाख रुपैयाँमा रेडपाण्डाको छालाको कारोवार भइरहेको भन्ने सूचनाकोे आधारमा प्रहरीको विशेष टोलीले छापा मारेर उनीहरुलाई पक्राउ गरेको सुर्खेतका प्रहरी प्रमुख (एसपी) राजेन्द्रप्रसाद भट्टले जानकारी दिए । उनले पक्राउ परेका साथबाट ५ फिट र ३ फिट ६ इन्च लम्बाई भएका दुई थान रेडपाण्डाको छाला बरामद गरिएको बताए । थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय सुर्खेतमा बुझाईएको प्रहरीको भनाइ छ ।

Translate »