कोरोनाबाट थप १८ जनाको मृत्यु पुष्टि

संक्रमितको संख्या १ लाख ३६ हजार ३६ पुग्यो

कात्तिक ३, काठमाडौं ।
नेपालमा सोमवार थप ३ हजार ७९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सोमवारसम्ममा सक्रिय संक्रमितको संख्या ४० हजार ७७८ जना रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३६ हजार ३६ पुगेको छ । नेपालमा हालसम्म कोरोनाबाट निको हुनेको संख्या ९४ हजार ५०१जना पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा थप १८ जनाको कोरोना संक्रमणबाट मुत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट ७५७ जनाको मृत्यु पुष्टि भएको छ ।

हाल मुलुकका विभिन्न भागमा रहेका क्वारेन्टाइनमा ४ हजार ४७० जना रहेका छन् । विगत २४ घण्टामा २ हजार ३३५ जना कोरोना संक्रमणबाट मुक्त भई डिस्चार्ज भएका छन् ।मन्त्रालयका अनुसार मुलुकका विभिन्न भागमा रहेका आईसोलेशनमा ४० हजार ७७८ जना रहेका छन् । त्यस्तै हालसम्म १३ लाख ९१८ ओटा पीसीआर परीक्षण भइसकेको छ । मन्त्रालयका अनुसार विगत २४ घण्टाको अवधिमा थपिएका संक्रमितमध्ये २ हजार ३८८ जना काठमाडौं उपत्यकाका रहेका छन् । जसमध्ये काठमाडौं जिल्लाका २ हजार ८ जना, ललितपुर जिल्लाका २८१ र भक्तपुर जिल्लाका ९९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

Translate »