सुरु भयो ‘ए मेरो हजुर ४’को छायांकन

कोरोनाका कारण विगत ७ महिनादेखि रोकिएको चलचित्र ‘ए मेरो हजुर ४’को छायांकन शनिबार घटस्थापनादेखि सुरु गरिएको छ । घटस्थापनाबाटै चलचित्र ‘आई एम ट्वान्टी वान’को पनि छायांकन सुरु भएको थियो । चलचित्र ‘ए मेरो हजुर ४’का निर्माता सुनिलकुमार थापाले शनिबारबाट चलचित्रको छायांकन सुरु भएको जानकारी दिए । उनले भने–‘अब हामी फुलपातीसम्म चलचित्रको छायांकन गर्छौ । यसपछि, पूर्णिमापछि फेरि चलचित्रको काम गर्नेछौ ।

उनले सम्पूर्ण सुरक्षाको उपाय अपनाएर सानो टिमका साथ काम सुरु गरेको जानकारी दिए ।’चलचित्र ‘ए मेरो हजुर ४’को छायांकन लकडाउन अगाडि करिब ५० प्रतिशत सकिएको थियो । निर्माणपक्षले तिहारसम्म चलचित्रको सम्पूर्ण दृश्यको छायांकन सक्ने तयारी गरेको छ । यसपछि, केही समय ब्रेक लिएर चलचित्रको गीतको छायांकन हुनेछ । झरना थापा निर्देशित चलचित्रमा अनमोल केसी, सुहाना थापा र सलोन बस्नेत मुख्य भूमिकामा छन् । (अनलाइन खबर)

 

Translate »