नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री गुरुङद्वारा पदभार ग्रहण

असोज २९,काठमाडौँ ।
नवनियूक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सूचनालाई विश्वसनीय र मर्यादित बनाउन सबैसँग समन्वय र सहकार्य गर्दै अघि बढ्ने बताए । मन्त्रालयमा आज पदभार ग्रहण गर्नुहुँदै मन्त्री गुरुङले गलत सूचनाले समाजमा द्धन्द्ध र मनमुटाव सिर्जना गर्ने भएकाले सूचनालाई सकारात्मक ढाँचाबाट प्रस्तुत गर्ने संस्कारको विकास गर्नुपर्नेमा जोड दिए । मन्त्री गुरुङले कोरोना भाइरसका कारण ग्रामिण क्षेत्रमा सुरु हुन नसकेको पठन पाठनलाई इन्टरनेटको माध्यमबाट सञ्चालन गरिने बताए । (विद्याप्रसाद उपाध्याय)

Translate »