कोरोनाबाट थप १८ जनाको मृत्यु , संक्रमितको संख्या १ लाख १५ हजार ३५८ पुग्यो

असोज २७, काठमाडौं ।
नेपालमा मंगलवार थप ३ हजार ५५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ३५ हजार ९१५ जना रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख १५ हजार ३५८ पुगेको छ । नेपालमा हालसम्म कोरोनाबाट निको हुनेको संख्या ७८ हजार ७८० जना पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा थप १८ जनाको कोरोना संक्रमणबाट मुत्यु भएको छ ।

योसँगै कोरोना संक्रमणबाट ६६३ जनाको मृत्यु पुष्टि भएको छ । हाल मुलुकका विभिन्न भागमा रहेका क्वारेन्टाइनमा ४ हजार ७९५ जना रहेका छन् ।प्रवक्ता गौतमले हाल संस्थागत आईसोलेशनमा १५ हजार ४८ जना र होम आईसोलेशनमा २० हजार ८६७ जना रहेको बताए । विगत २४ घण्टामा१५ हजार ५७७ ओटा पीसीआर परीक्षण भएको छ । हालसम्म देशभरमा कुल १२ लाख ७ हजार ९१ ओटा परीक्षण भइसकेको छ । मंगलवारमात्रै १ हजार ५०३ जना कोरोना संक्रमणबाट मुक्त भई घर फर्किएका छन् । विगत २४ घण्टामा थपिएका संक्रमितमध्ये २ हजार १३९ जना काठमाडौं उपत्यकाका रहेका छन् । मन्त्रालयका अनुसार विगत २४ घण्टामा काठमाडौं जिल्लाका १ हजार ७४६ जना, ललितपुर जिल्लाका २१६ जना र भक्तपुर जिल्लाका १६७ जनालाई संक्रमण पुष्टि भएको छ।

 

Translate »