अर्थशास्त्रतर्फको नोबेल पुरस्कार पल मिलग्रोम र रोबर्ट विल्सनलाई

असोज २६, स्टकहोम (स्वीडेन) ।
यस वर्ष अर्थशास्त्रतर्फको नोबेल पुरस्कार दुई अमेरिकी अर्थशास्त्री पल मिलग्रोम र रोबर्ट विल्सनलाई प्रदान गरिएको छ ।  लिलामीसम्बन्धी सिद्धान्तमा गरेको सुधार र नयाँ लिलामी ढाँचा विकासमा यी दुईले गरेको योगदानका लागि सो पुरस्कार दिइएको हो । यसको घोषणा नोबल पुरस्कार समितिले सोमवार ट्विटरमा गरेको थियो । अर्थशास्त्रीद्वयले आधारभूत सिद्धान्तबाट शुरु गरेर पछि परिणामलाई व्यवहारमा प्रयोग गरेका थिए । ‘यिनीहरुको योगदान समाजका लागि निकै ठूलो छ,’ पुरस्कार समितिका अध्यक्ष पिटर फ्रेडरिक्शनले बताए । एजेन्सी

Translate »