हुम्लाको लिमीमा खाद्य संकट

असोज २६, सिमकोट ।
कोरोना भाइरस महामारीपछि चीनसँगको सीमा नाका बन्द हुँदा हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा खाद्यान्न संकट भएको छ । सीमा नाका बन्द भए पनि नाम्खा गाउँपालिकाका नागरिकलाई खाद्यवस्तु बिक्री गर्दै आएका व्यापारीले सात महिनादेखि खाद्यान्न कारोबार गरेका छैनन् । व्यापारीले खाद्यान्न नपठाउँदा नाम्खा – ६ लिमीका तिल, जाङ र हल्जी गाउँमा भोकमारीको संकेत देखिएको छ । चीनसँग जोडिएको वडा –६ लिमी गाउँवासीले वर्षौँदेखि चीनका व्यापारीबाट खरीद गरी खाद्यान्न आयात गर्दै आएको स्थानीयवासी पेमाछ्योकी लामाले बताए ।

 

Translate »