अस्पताल निर्माणका लागि करीब ६ करोड निकासा

स्काई न्यूज / असोज २६,सल्यान ।
सल्यानका स्थानीय तहहरूमा अस्पताल निर्माणका लागि ५ करोड ८५ लाख रुपैयाँ निकासा भएको छ । जिल्लाको ५ ओटा स्थानीय तहमा १५ शøयाको र एउटा स्थानीय तहमा १० शøयाको अस्पताल निर्माण गर्न लागिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थानीय तहहरूलाई पत्राचार गर्दै अर्थ मन्त्रालय मार्फत रकम निकासा भइसकेको जानकरी दिएको छ । सल्यानको कपुरकोट गाउँपालिकामा रहेको कपुरकोट स्वास्थ्य चौकी, दार्मा गाउँपालिकास्थित भालाचौर स्वास्थ्य चौकी, कुमाख गाउँपालिका स्थित मर्मपरिकाँडा स्वास्थ्य चौकी, कालीमाटी गाउँपालिकास्थित कालिमाटी स्वास्थ्य चौकी र बनगाड कुपिण्डे नगरपालिकास्थित देवस्थल स्वास्थ्य चौकीलाई स्तरोन्नति गरेर १५ शøयाको अस्पताल बनाइँदै छ ।

यस्तै सिद्धकुुमाख गाउँपालिकास्थित कालागाउँ स्वास्थ्य चौकीलाई १० शøयाको अस्पतालको बनाइनेछ । अस्पताल नभएका स्थानीय तहहरूमा ५, १० र १५ शøयाको अस्पताल निर्माण गर्ने निर्णय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २०७७ साउन २८ मा गरेको थियो । १५ शøयाको अस्पतालका लागि १ करोड र १० शøयाको अस्पतालका लागि ८५ लाख रुपैयाँ विनियोजन गरिएको छ । आगामी कात्तिक मसान्तसम्म अस्पताल निर्माण प्रक्रिया शुरू गर्न मन्त्रालयले अनुरोध गरी पत्राचार गरेको जिल्लाका स्थानीय तहहरूले जानकारी दिएका छन् । सिद्धकुमाख गाउँपालिका अध्यक्ष चित्रबहादुर चलाउनेले आफ्नै गाउँपालिकामा १० शøयाको अस्पताल बन्ने भएपछि खुशी लागेको प्रतिक्रिया दिए । विगतमा गाउपालिकाभित्र अस्पताल नहुँदा बिरामीहरूलाई जिल्ला अस्पताल वा जिल्ला बाहिर पठाउनुपर्ने बाध्यता रहेको भन्दै उनले गाउँपालिकामै अस्पताल निर्माण भएपछि सहजता हुने विश्वास व्यक्त गरे ।

Translate »