कर्णालीमा मुख्यमन्त्री शाही विरुद्ध अविश्वासको प्रस्ताव

नेकपाकै १८ सांसदद्वारा हस्ताक्षर


स्काई न्यूज /असोज २५, सुर्खेत ।
कर्णाली प्रदेश सरकार विरुद्ध सत्तापक्षकै सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । मुख्यमन्त्री महेन्द्रबहादुर शाही विरुद्ध सत्तापक्षकै १८ जना सांसदले आईतबार नेकपा कर्णाली प्रदेशका प्रमुख सचेतक गुलावगंज शाहलाई अविश्वास प्रस्ताव बुझाएका हुन् । ४० सदस्यीय कर्णाली प्रदेश सभामा नेकपाका ३३, काँग्रेसका ६ जना र राप्रपा नेपालका १ जना सांसद रहेका छन् । अविश्वासको प्रस्ताव दर्ता गराउनेहरुमा पूर्वमन्त्री यामलाल कँडेल, प्रदेश सरकारकी उपसभामुख पुष्पा घर्ती मगर र नेकपाका कर्णाली प्रदेशका संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाह, धर्मराज रेग्मी लगायत रहेका छन् ।

प्रदेश सरकारको कार्यशैली प्रति असन्तुष्टि राख्दै आएका सत्ता पक्षकै सांसदहरुले लामो समयदेखि मुख्यमन्त्री परिवर्तनको विषय उठाउँदै आएका थिए । मुख्यमन्त्री शाहीको कार्यशैलीलाई लिएर नेकपा भित्र पटक—पटक विवाद हँुदै आएको छ । यता प्रमुख सचेतक शाहले अविश्वासको प्रस्तावको हस्ताक्षर आफूले बुझेको र छलफलपछि के गर्ने भन्नेबारे निर्णय लिइने बताए । हस्ताक्षर गर्नेमा पूर्वएमालेका १३ र पूर्वमाओवादीका ५ जना सांसद छन् । तत्कालिन नेकपा एमालेको बहुमत रहेको कर्णाली प्रदेशमा दुई पार्टीको एकीकरणपछि मुख्यमन्त्री तत्कालिन माओबादीको भागमा परेको थियो ।

Translate »