सुर्खेतमा कोरोना संक्रमित ७६ वर्षीय महिलाको मृत्यु

स्काई न्यूज / असोज २५, सुर्खेत ।
सुर्खेतमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीरेन्द्रनगर–१० का ७६ वर्षीय महिलाको उपचारको क्रममा आज विहान १० बजेतिर मृत्यु भएको हो । कोरोना संक्रमित महिला दमसँगै पेटबाट रगत बग्ने समस्या देखिएपछि कोरोना विशेष अस्पतालमा यही असोज २१ गते भर्ना गरिएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कंडेलले जानकारी दिए । संक्रमित महिलाको उपचारकै क्रममा मृत्यु भएको कंडेलले बताए । योसँगै कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ ।

Translate »