सुनचाँदीको मूल्य फेरि बढ्यो

 

असोज २५, काठमाडौं ।
नेपाली बजारमा साताको पहिलो दिन आइतवार सुनचाँदीको मूल्य फेरि वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइवार सुनको मूल्य रू.८०० ले वृद्धि भएको हो । महासंघका अनुसार आइतवार सुनको मूल्य आइतवार प्रतितोला रू. ९५ हजार ६०० र तेजाबी सुनको मूल्य प्रतितोला रू.९५ हजार १०० मा कारोबार भइरहेको छ ।

अघिल्लो साताको शुक्रवार सुनको मूल्य प्रतितोला रू.९४ हजार ८०० मा कारोबार भएको थियो । आइतवार चाँदीको मूल्य पनि रू.४० ले वृद्धि भएर प्रतितोला रू.१ हजार २३५ मा कारोबार भइरहेको छ । केहि दिन यता सुनचाँदीको मूल्यमा सामान्य रुपमा घट्नेबढ्ने भइरहेको छ । केही समयअघि नेपालमा सुनको मूल्य प्रतितोला रू.१ लाखभन्दा माथि पुगेको थियो । सुनको मूल्य घटबढ भइरहेको र बन्दाबन्दी तथा निषेधाज्ञा खुुकुलो भए पनि सुनको खरीदविक्री भने अझै ठप्प अवस्थामा रहेको व्यवसायीहरुले बताएका छन् ।

 

Translate »