‘रातो खसी’ बोलको गीत सार्वजनिक

असोज २४, काठमाडौँ ।
दशैँ नजिकिँदै गर्दा नव–गायक अमृत भारतीले रातो खसीु बोलको गीत बजारमा ल्याएका छन्। गीतमा भारतीकै शब्द तथा स्वर रहेको छ। रामकुमार नेपालीले लय भरेको गीतमा स्वरमा रामकुमार नेपाली, सीता थापा र प्रतिमा अर्यालले भारतीलाई साथ दिएका छन् । सन्ध्या सानु, दिनेश केसी, विकास श्रेष्ठ, रामकुमार नेपाली , मन्जु पन्त, सरिताराजो उपाध्याय, लक्ष्मीनाथ शर्मा लगायतले गीतमा अभिनय गरेका छन्। गीतको निर्देशक लिगेश भट्टराई हुन्। (थाहा खबर)

Translate »