थप १० जनाको मृत्यु , संक्रमितको संख्या १ लाख ६७६ पुग्यो

असोज २३, काठमाडौं ।
नेपालमा शुक्रवार थप २ हजार ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६७६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा थप १० जनाको कोरोना संक्रमणबाट मुत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट ६०० जनाको मृत्यु पुष्टि भएको छ । मन्त्रालयका अनुसार बिहीवारसम्ममा नेपालमा सक्रिय संक्रमितको संख्या २७ हजार ५३ जना रहेका छन् । हालसम्म क्वारेन्टाइनमा ४ हजार ७०३ जना रहेका छन् । हाल संस्थागत आईसोलेशनमा ११ हजार १७६ जना र होम आईसोलेशनमा १५ हजार ८७७ जना रहेका छन् । हालसम्म नेपालमा ७३ हजार २३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

यसैगरी शुक्रवार १ हजार ६८० जना डिस्चार्ज भएका छन् । त्यसैगरी विगत २४ घण्टामा १३ हजार २७९ ओटा पीसीआर परीक्षण गरिएको छ भने अहिलेसम्म कुल ११ लाख ४५ हजार २३७ ओटा पीसीआर परीक्षण भइसकेको छ । विगत २४ घण्टामा काठमाडौं उपत्यकाका १ हजार ४०९ जनालाई कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १ हजार ११६ जना, ललितपुर जिल्लामा १६३ जना र भक्तपुर जिल्लामा १३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । प्रवक्ता गौतमले घरमै बसेर विशेष किसिमले दर्शैतिहारजस्ता चाडपर्व मनाउन सकिने भन्दै समस्या परेमा मात्र अस्पताल जान आग्रह गरे ।(आर्थिक अभियान)

 

Translate »