सुनको मूल्य प्रति तोला ८०० घट्यो

असोज २१, काठमाडौं ।
बुधबार बजारमा सुनको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोलामा ८ सय रुपैयाँले घटेर ९४ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको छ । मंगलबार सुन तोलाको ९४ हजार ९ सय रुपैयाँ थियो । आज चाँदीको मूल्य पनि घटेको छ । बुधबार चाँदी तोलामा २५ रुपैयाँले घटेर १ हजार १ सय ७५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

 

 

Translate »