‘हेपटाइटिस सी’ भाइरस पत्ता लगाउने तीन वैज्ञानिकलाई नोबेल पुरस्कार

असोज १९, स्टकहोम ।
सन् २०२० को चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार ‘हेपाटाइटिस सी’ भाइरस पत्ता लगाउने तीन जना वैज्ञानिकलाई दिने पुरस्कार छनोट समितिले बताएको छ । कारोलिन्स्का इन्स्टिच्युटको नोबेल सभाले सोमवार बेलायती वैज्ञानिक माइकल हटन तथा दुई जना अमेरिकी वैज्ञानिक जे अल्टर र चाल्र्स एम राइसलाई ‘हेपाटाइटिस सी’ जिवाणु पत्ता लगाएकोमा पुरस्कृत गर्ने घोषणा गरेको हो । यो वर्षको १ करोड स्वीडिस क्रोना ९ करीब ११ लाख २० हजार) नोबेल पुरस्कार पुरस्कृत तीनै जना व्यक्तित्वलाई बराबर बाँडिने नोबेल पुरस्कार प्रतिष्ठानले बताएको छ । उनीहरुको अनुसन्धानका कारण इतिहासमा पहिलो पटक विश्वमा हेपाटाइटिस सी निको पार्न सकिने भएको छ । सन् २०२० को चिकित्साशास्त्रको पुरस्कारबाट सम्मानित हुने घोषणा गरिएका यिनै वैज्ञानिकका कारण वर्षेनी सयौं लाख व्यक्तिको ज्यान लिने गरेको असाध्य रोग (क्रोनिक हेपाटाइटिस) परीक्षण तथा उपचार सम्भव भएको हो । रासस / सिन्ह्वा

 

Translate »