चोरी भएका चन्दननाथका दुई मूर्तिसहित तीनजना पक्राउ

सागर परियार / जुम्ला ।
कर्णालीकै प्रसिद्ध चन्दननाथ मन्दिरबाट पाँच वर्ष पहिले चोरी भएका बहुमुल्य मूर्तिहरु मध्ये थप दुई बहुमुल्य पुरातात्विक मूर्ति भेटिएका छन् । २०७३ साल मंसिर ११ गते मन्दिरबाट चोरी भएका दर्जनौ बहुमुल्य मूर्ति मध्ये सोमबार प्रहरीले विष्णु र भगवती सरस्वतीको मूर्ति भेटाएको हो । विशेष सूचनाका आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोली र जुम्लाबाट खटिएको संयुक्त प्रहरी टोलीले सोमबार विहान १०ः१५ बजे चन्दननाथ नगरपालिका–१० बोहोरा गाउँस्थित शुसिल विष्टको खेतको आलीमा सुकेको घाँसको थुप्रोमा दोसल्लामा बेरिएको अबस्थामा भेटिएको डिएसपी माधव काफ्लले बताए । उनका अनुसार दुईथान मुर्तिसंगै उक्त घटनामा संग्लन तीन जना शंकास्पद व्यक्तिलाई समेत पक्राउ गरिएको छ । पक्राउ पर्नेमा चन्दननाथ नगरपालिका–१० निवासी वर्ष ३२ का शुसिल विष्ट, तातोपानी गाउँपालिका–८ घर भई हाल चन्दननाथ नगरपालिका १० मा बस्ने वर्ष २८ का जयलाल थापा र चन्दनना नगरपालिका १० कै वर्ष २३ का सुदिप रावललाई पक्राउ गरिएको छ ।

पाँच वर्ष पहिले चोरी भएका दर्जनौ मुर्ति मध्ये हाल सम्मको तथ्याङ्क अनुसार विभिन्न ठाउँमा गरी करिब २० वटा मूर्ति भेटिएका छन् । साथै आ.व. २०७७÷ ७८ को हाल सम्म अदालतबाट दोषी ठहर भई फरार रहेका २४ जना अनुसन्धानको क्रममा फरार प्रतिबादी २३ जना गरी ४७ जनालाई पक्राउ गरिएको डिएसपी काफ्लले जानकारी दिए । पक्राउन परेका ४७ जनाबाट ४३ लाख एक हजार ७ सय नब्बे रुपैया जरिवाना असुली गरिएको छ । मुर्ति सार्वजनिकका लागि आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले चन्दननाथका बहुमुल्य एतिहासिक मूर्ति चोरीमा संग्लन सबैलाई कानुनी दायरामा ल्याउन प्रहरी हरप्रयास गरिरहेको बताए । विशेष सूचनाका आधारमा संकास्पद तीन व्यक्ति दुई थान मूर्ति भेटाउनु् प्रहरीको ठुलो उपलब्धी भएको समेत उनको भनाई छ । साथै प्रजिअ थापाले हिरासतमा रहेका सबैलाई मानव अधिकार हनन हुने खालका कुनैपनि गतिविधि नगर्न सुझाब दिए । अब प्रहरीले घटना हुनु पहिले चोरी हुनुपहिले समस्याको समाधान हुने खालको अनुसन्धान काम कारबाही अघि बढाउनु पर्नेमा समेत जोड दिए ।

Translate »