राष्ट्र बैंकले १० अर्ब बराबरको ऋणपत्र बोलकबोल मार्फत विक्री गर्ने

असोज १९, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले रू.१० अर्ब बराबरको विकास ऋणपत्र बोलकबोल मार्फत विक्री गर्ने भएको छ । उक्त ऋणपत्र सर्वसाधारण नागरिक, बैंक तथा वित्तीय संस्था र गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी तथा संगठित संस्थाले खरीद गर्न सक्नेछन् । केन्द्रीय बैंकले असोज २१ गते निष्कासन गर्न लागेको उक्र ऋणपत्रमा असोज २० गते दिउँसो ३ बजेसम्म बोलकबोल हुने बताएको छ । ऋणपत्रको अवधि ७ वर्ष रहेको छ भने विसं २०८४ असोज २१ गते परिपक्व हुनेछ । यसको ब्याजदर अर्धवार्षिक रुपमा हुने र आर्जित ब्याजमा ब्याजकर लाग्ने राष्ट्र बैंकले बताएको छ ।

इच्छुक खरीदकर्ता प्रतिस्पर्धि र अप्रतिस्पर्धी रुपमा हुन सक्नेछन् । प्रतिस्पर्धी बोलवालाई ८५ प्रतिशत अर्थात् रू. ८ अर्ब ५ करोड र अप्रतिस्पर्धी बोलवालाहरुलाई १५ प्रतिशत अर्थात् रू.१ अर्ब छुट्याइएको छ । अप्रतिस्पर्धी बोलवालाई छुट्याएको रकमको लागि पुरा बोलकबोल नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरुलाई विक्री गरिने छ । प्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमभन्दा बढी रकमको बोलकबोल प्राप्त हुन आएमा बोलवालाहरुलाई सामानुपातिक रुपमा उक्त ऋणपत्रको रकम बाँडफाँड हुनेछ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मार्फत दोस्रो बजारमा पनि उक्त ऋणपत्रको कारोबार हुनेछ ।

Translate »