सुनको मूल्य प्रतितोला ४०० घट्योे

 

असोज १९, काठमाडौं ।
नेपाली बजारमा सुनको मूल्य केहिदिन देखि सामान्य घटबढ हुने क्रम जारी रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लाको दिनको तुलनामा सोमवार सुनको मूल्य घटेको हो । आइतवार सुनको मूल्य प्रतितोला रू.९४ हजार ५०० मा कारोबार भएकोमा सोमवार भने छापावाला सुनको मूल्य रू.४०० ले घटेर रू.९४ हजार १०० मा कारोबार भइरहेको छ । त्यसैगरी तेजावी सुनको मूल्य प्रतितोला रू.९३ हजार ६०० मा कारोबार भइरहेको छ । त्यसैगरी, सोमवार चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदीको मूल्य प्रतितोला रू.१ हजार १८० मा कारोबार भइरहेको छ । केही समयअघि नेपालमा सुनको मूल्य प्रतितोला रू.१ लाखभन्दा माथि पुगेको थियो । सुनको मूल्य घटबढ भइरहेको र बन्दाबन्दी तथा निषेधाज्ञा खुुकुलो भए पनि सुनको खरीदविक्री भने अझै ठप्प अवस्थामा रहेको व्यवसायीहरुले बताएका छन् ।

Translate »