अक्षयको अपिल–‘बलिउडमा ड्रग्सको समस्या छ, तर सबैलाई नजोडौ’

नायक सुशान्त सिंह राजपुतको निधन भएको लामो समयपछि नायक अक्षय कुमारले आफ्नो मौनता तोड्दै यो बिषयमा भनाई सार्वजनिक गरेका छन् । उनले बलिउडमा ड्रग्सको समस्या भएपनि सबैलाई एउटै नजरबाट हेर्न नहुने बताएका छन् । एक भिडियो सार्वजनिक गर्दै अक्षयले भने–‘स्टारको रुपमा हामी परिचित छौ, तर बलिउडलाई दर्शकले बनाएका हुन् । हामीले चलचित्रको माध्यमबाट देशको संकृतीलाई विश्वमाझ पुर्याउने कामगरेका छौ । जब–जब देशका जनताको भावनाको कुरा आउँछ, हामीले त्यसलाई चलचित्रको माध्यमबाट प्रस्तुत गर्ने कोशिश गरेका छौ ।’ अक्षयले बलिउडसँग जोडिएको ड्रग्सको मुद्दामा भने–‘हिजोआज ड्रग्सको बारेमा खुबै कुरा हुने गरेको छ । दिलमा हात राखेर बलिउडमा ड्रग्सको समस्या छैन भनेर म झुटो बोल्न चाहन्न । तर, हरेक मानिस यसमा जोडिएको छ भन्ने हुँदैन । ड्रग्स एउटा गम्भिर मुद्दा हो र मलाई आशा छ कानुनले यो बिषयमा गम्भिर तरिकाले अनुसन्धान गर्नेछ ।’ अक्षयले हात जोडेर अपिल गर्दै भने–‘पुरै बलिउडलाई एउटै बदनाम दुनियाँको नजरले नहेरिदिनुहोला । यो गलत हुन्छ । मलाई मिडियाको शक्तिमाथि पनि विश्वास छ । मिडियाले आवाज उठाउन छाड्नु हुँदैन, तर संवेदनशीलतालाई छाड्नु हुँदैन ।’(अनलाइन खबर)

Translate »