दर्शकका कारण परिमार्जित हुने मौका पाएँः दीपाश्री

कलाकार तथा निर्देशक दीपाश्री निरौलाले आफू दर्शकका कारण परिमार्जित हुने मौका पाएको बताएकी छिन् । नायक राजेश हमाललाई ‘महानायक हो र’ भनेपछि दीपाश्री विवादमा तानिएकी थिइन् । यो घटनापछि दीपाश्रीले केही महिना तनावमा बिताइन् । दीपाश्री भन्छिन्–‘१७ बर्षदेखि मैले ताली मात्र पाइरहेकी थिएँ । अहिले गाली पाएँ । मैले जिन्दगीमा यति धेरै उतारचढाव देखेकी थिइनँ । उतारचढावले परिपक्क बनाउँछ भन्ने महशुश भयो । बोल्दा धेरै कुरा सोचेर बोल्नुपर्ने रहेछ भन्ने थाहा पाएँ । दर्शकका कारण म परिमार्जित हुने मौका पाएँ ।’दीपाले दर्शकका कारण नै आज आफू यो स्थानमा रहेको बताइन् । उनले, गाली र ताली दर्शकसँग जोडिने कुरा भएकाले पनि यसलाई स्विकार गर्नुपर्ने बताइन् । उनले गुनासो व्यक्त गर्दै भनिन्–‘मलाई गाली र ताली दिने अधिकार दर्शकको हो । तर, छाडा गाली गर्दा गाह्रो हुने रहेछ । मलाई टुप्पोबाट पलाएकी भन्दा पीडा भयो । छाडी गाली गर्दा मैले ३० बर्षदेखि गरेको संघर्ष संमझिएर धेरै रोएँ ।’(अनलाईन खबर)

 

Translate »