बाँकेमा कोरोना संक्रमित सुत्केरी महिलाको मृत्यु

असोज १८,नेपालगन्ज ।
बाँकेमा उपचाररत कंचनपुरकी कोरोना संक्रमित २९ वर्षीया सुत्केरी महिलाको मृत्युु भएको छ । महेन्द्रनगर २ घर भएकी ती महिलाको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा आज विहान साढे ४ वजे उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । उनलाई असोज १३ गते कोरोना पुष्टि भएको थियो । असोज १५ गते उनी नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा भर्ना भएकी थिइन् । सेती अस्पतालमा जुम्ल्याहा बच्चालाई जन्म दिएकी ती महिलाको रक्तश्राव नरोकिएपछि पाठेघरको शल्यक्रिया गरिएको थियो । तर, उपचारका क्रममा स्वाब लिई परिक्षण गर्दा कोरोना देखिएपछि उनलाई कोहलपुर रेफर गरिएको थियो । भर्ना गर्दा उनी बेहोस अवस्थामा थिइन् । यो संगै बाँकेमा वाहिरी जिल्लाका उपचारका लागि आएका ९ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

 

Translate »