उपमेयर पराजुलीको ‘घाम लाग्यो घमाइलो’ बजारमा आउँदै

भूमिप्रसाद पाठक/ पथरी, १७ असोज ।
दशैंलाई लक्षित गरेर बेलबारी नगरपालिकाकी उपप्रमुख तारा पराजुलीले गीतमय कोशेली ‘घाम लाग्यो घमाइलो’ बजारमा ल्याउने भएकी छिन् । पछिल्लो सयम स्रष्टाको खानीको रुपमा पहिचान बनाउँदै आएकी बेलबारी नगरपालिकाको उपप्रमुखद्वारा लिखित गीत ‘घाम लाग्यो घमाइलो’ शनिबार मात्र रेकर्डिङ भएको भएको छ । द पिक स्टुडियो काठमाडौंमा रेकर्ड भएको उक्त गीत नेपालीहरुको महान पर्व दशैंसँग सम्बन्धित रहेको गीतकार पराजुलीले जानकारी दिईन् । साहित्यिक लेखन, उत्खनन् र खोज अनुसन्धानमा लिप्त उपप्रमुख पराजुलीको रचना रहेको उक्त गीतमा संगीतकार भीम बस्नेतको संगीत रहेको छ भने स्थानीय स्वरसम्राट, बेलबारीको पहिलो आइडल विवेश मोते र वर्तमान समयकी चर्चित गायिका रचना रिमालको संयुक्त स्वर रहेको छ ।

गीतलाई एरेन्जर राजवाहकले एरेन्ज गरेका छन् । चलचित्र निर्माता तथा निर्देशक भीम लामाको निर्देशनमा बन्न लागेको चलचित्र ‘महानायक’ को यो दशैं गीत दर्शक एवं स्रोताको रोजाईमा पर्ने संगीतकार बस्नेतको विश्वास रहेको छ । काव्यलेखनमा तिखारिँदै गएकी स्रष्टा पराजुलीबाट मोहित श्रोताहरुको मागलाई मध्यनजर गर्दै दुई तीन दिनभित्रै घाम लाग्यो घमाइलो गीत बजारमा ल्याइने निर्देशक भीम लामाले बताए । राजनीतिक जिम्मेवारी पूरा गर्दै सामाजिक कार्यमा अहोरात्र मैदानमा देखिएकी पराजुलीसँग गीतको सन्दर्भमा जिज्ञासा राख्दा उनले भनिन्, ‘बेलबारीका गायक तथा पहिलो बेलबारी आइडल विवेश मोते र रचना रिमाल दुबै संगीत क्षेत्रमा सम्भावना बोकेका गायकगायिका हुन् । दुबै यो समयका शक्तिशाली गायकगायिका भएकै कारण पनि यो गीत सुन्दर र सफल बन्नेछ । श्रोताहरुको भरपुर माया पाउने छु भन्नेमा ढुक्क छु ।’ उनले आम श्रोताको माया प्रेमले मात्र प्रतिभाशाली गायकगायिकालाई समेत यस क्षेत्रमा थप स्थापित हुन सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । समाजको औसत पिछडिएको वर्ग, चेतना र क्षेत्रको यथार्थपरक मर्म सर्लक्कै अक्षरमा उतार्न सक्ने काव्य लेखन क्षमता भएकी उपप्रमुख पराजुली राजनीतिककर्मी मात्र होइन, अब्बल दर्जाको प्रगतिशील पक्षधरता ओकल्ने कलमवाज समेत हुन । उनका यसअघि प्रकाशित एवं लिखित एक दर्जनभन्दा बढी गीतहरु रेकर्डिङ भइसकेको स्थानीय जानकार एवम् राजनीतिकर्मी युवराज बास्कोटा जानकारी दिए ।

Translate »