सुउवा संघका महासचिव कँडेलको सहयोगमा शनिदेव मन्दिर निर्माण

स्काई न्यूज / असोज १७, सुर्खेत ।
सुर्खेत उद्योग वाणिज्य संघका महासचिव तथा असिम अटो पार्टसका सञ्चालक लक्ष्मण कँडेलको सहयोगमा शनिदेवको मन्दिर स्थापना गरिएको छ । सुर्खेतको प्रसिद्ध देउती बज्यै मन्दिर परिसरमा भगवान शनिदेवको मन्दिर स्थापना गरिएको महासचिव कँडेलले जानकारी दिए । उनले करिब १० लाख रुपैयाँको लागतमा धार्मिक पर्यटन विकासका लागि उक्त मन्दिर निर्माण गरिएको बताए । उनका अनुसार धार्मिक पर्यटन क्षेत्रको उत्थानका लागि पूर्वाधार विकासमा व्यक्तिगतरुपले सानो सहयोगको शुरुवात गरिएको हो । उनले देउती बज्यै मन्दिर परिसरमा स्थापना गरिएको शनिदेवको मन्दिरले स्थानीय तथा बाह्य पर्यटकलाई थप आकर्षित बनाउने अपेक्षा राखेको जनाए । नाम चलेका धार्मिक पर्यटकीय क्षेत्रको विकासमा सरकारी तथा निजी सहकार्य हुन आवश्यक रहेको उनको भनाइ थियो ।

Translate »