कोरोना संक्रमणबाट ५२८ जनाको मृत्यु पुष्टि, संक्रमितको संख्या ८४ हजार ५७० पुग्यो

असोज १७, काठमाडौं । नेपालमा शनिवार थप २ हजार १२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८४ हजार ५७० पुगेको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा थप ८ जनाको कोरोना संक्रमणबाट मुत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट ५२८ जनाको मृत्यु पुष्टि भएको छ ।

नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या २१हजार  ३०२ जना रहेका छन् । हाल आईसोलेशनमा २१ हजार ३०२ जना रहेका  छन् । त्यसैगरी क्वारेन्टाइनमा ४ हजार २७३ जना रहेका  छन् ।

हालसम्म कोरोना संक्रमणबाट मुक्त भई ६२ हजार ७४० जना डिस्चार्ज भएका छन् । विगत २४ घण्टामा २ हजार ४४ जना डिस्चार्ज भएर घर फर्किएका छन् ।प्रवक्ता गौतमले काठमाडौं  उपत्याकामा  संक्रमणको दर बढीरहेकाले अति आवश्यक भएमात्र आउन अनुरोध गरे ।

शनिवार थपिएका संक्रमितमध्ये १ हजार १७७ जना उपत्यकाका  रहेका छन् । मन्त्रालयका अनुसार काठमाडौं जिल्लाका १ हजार १ जना, भक्तपुर जिल्लाका ६७ जना र ललितपुर जिल्लाका १०९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालमा पछिल्लो समय कोरोना संक्रमणबाट औषतमा दैनिक ८ जनाको मृत्यु हुने गरेको छ । मन्त्रालयका अनुसार असोज महीनाको तथ्यांकलाई आधार मान्दा औषतमा दैनिक ८ जनाको मृत्यु हुने गरेको छ ।

Translate »