कम्प्युटरको सहयोगमा विद्यालय शिक्षा

असोज १६,जाजरकोट ।
चार वर्षअघि विद्यालयमा गाईगोठ बनाएको भन्दै आलोचना खेपेको भेरी नगरपालिकाको शिवशङ्कर माध्यमिक विद्यालय कम्प्युटरको सहयोगमा शिक्षण गर्ने तयारीमा जुटेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य नीरज आचार्यको पहलमा २० वटा कम्प्युटर पाएपछि विद्यालयमा प्राविधिको प्रयोग भएको हो । पाठ्यपुस्तकमा मात्र भएको तर कम्प्युटर नदेखेर पढिरहेको विद्यार्थी अहिले रमाइरमाई पढ्न थालेका छन् । यो विद्यालयसँगै भेरी नगरपालिकाकै दीपेन्द्र मावि भुर, भगवती मावि कुदु र शङ्करभवन मावि बाहुनथानामा प्रोजेक्टर, प्रिन्टर र कम्प्युटरसहितको ल्याब स्थापना गरिएपछि विद्यार्थी खुशी भएका छन् । विगत चार वर्षदेखि अमेरिकामा म्याराथुन दौडको आयोजना गरेर सोही माध्यामबाट शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आएका इञ्जीनियर डा. ओम दाहालको सहयोगमा ती विद्यालयमा कम्प्युटर ल्याबको स्थापना गरिएको नेता आचार्यले बताए ।

प्रत्येक विद्यालयमा एक थान प्रोजेक्टर, एक थान प्रिन्टरसहित बाहुनथानामा १५ तथा जगतीपुर, भुर र कुदुमा २० वटाका दरले कम्प्युटर हस्तान्तरण गरिएको छ । विद्यार्थीलाई कम्प्युटरसम्बन्धी प्रयोगात्मक अभ्यास गराउन, विद्यालयका नियमित कामकाज गर्न, प्रोजेक्टरबाट पठनपाठन गर्न कम्प्युटर ल्याबले सहयोग पु¥याउने नेता आचार्यको भनाइ छ । कम्प्युटर ल्याब स्थापनामा पहल गर्ने नेता आचार्य र सहयोगकर्ता डा. दाहाललाई विद्यालयले धन्यवाद दिएको छ । कम्प्युटर ल्याब स्थापनापछि विद्यालयमा इन्टरनेट सेवा सञ्चालनमा ल्याउन शैक्षिक गतिविधिलाई सूचना प्रविधिमा जोड्ने मद्दत पुग्ने शिवशङ्कर मावि जगतीपुरका अध्यक्ष कालु हमालले बताए। यो भन्दा अगाडि सरकारले उपलब्ध गराएको कम्प्युटर विद्युत्को अभावमा थन्किँदै आएका थिए । आचार्यले आफूले बाल्यकालमा पढेको विद्यालयमा कम्प्युटर हस्तान्तरण गरेपछि स्थानीयवासी खुशी भएका छन् ।

जिल्लाका सबै ठाउँमा केन्द्रीय प्रसारण लाइन जोड्ने क्रम जारी रहेका कारण अब जिल्लाका विद्यालयमा कम्प्युटरको पढाइ प्रभावकारी हुने अपेक्षा गरिएको छ । सबै माविमा नेपाल दूर सञ्चार प्राधिकरणले इन्टरनेट सेवा यो भन्दा अघि नै पु¥याएको छ । कम्प्युटरबिनाका विद्यालयमा पुगेको इन्टनेटले मोबाइलमा फेसबुक चलाउनेबाहेक अन्य काम नभएको गुनासो आइरहेको बेला आचार्यको यो पहलबाट राम्रो प्रभाव परेको छ । कृषकका गुनासा सुन्न कल सेन्टर नेपालमै पहिलोपटक पोषण एप्स प्रयोगमा ल्याएको भेरी नगरपालिकाले फेरि कृषकका गुनासा सम्बोधन गर्न निःशुल्क टोल फ्रि नम्बर प्रयोगमा ल्याएको छ । ‘किसान कल सेन्टर’ नाम दिइएको उक्त फोन सेवा निःशुल्क हुने भेरी नगरपालिकाले जनाएको छ । नगरको कृषि शाखामा रहने उक्त कल सेन्टरमा कृषकले आफूलाई परेको समस्याबारे जिज्ञासा राख्दा समाधान पाउने अपेक्षा लिइएको छ । कृषकले अब १६६०८९४३००३ मा सम्पर्क गर्न नगरले अनुरोध गरेको छ । गाउँ–गाउँबाट सानो समस्य लिएर सदरमुकाम आउनुभन्दा फोनमार्फत समस्या राखेर समाधान भएमा समय र दुःख दुवै बच्ने नगरप्रमुख चन्द्रप्रकाश घर्तीले जानकारी दिए।

 

Translate »