सुर्खेतमा आयो बजाजको नयाँ एभेन्जर स्ट्रीट १६० एबीएस

स्काई न्यूज / असोज १५, सुर्खेत ।
कर्णालीका लागि बजाज मोटरसाइकलको आधिकारिक विक्रेता असिम अटो पाट्र्सले विहीबार सुर्खेतमा नयाँ एभेन्जर स्ट्रीट १६० एबीएस भित्त्राएको छ । नयाँ एभेन्जर स्ट्रीट १६० स्पोर्टस् डिजाइनमा आएको छ र शहरका लागि केहि भिन्न रुपमा देखा पर्नेहरुका लागि बनाइएको कम्पनीले बताएको छ । यसमा रोडस्टर डिजाइनको हेडल्याम्प छ र एलईडी डीआरएलका साथ यसले दिर्घकालिन छाप सृजना गर्दछ । यसमा शहर र हाईवेका लागि सहज गतिशीलता प्रदान गर्न स्ट्रीट कन्ट्रोल ह्यान्डिलबारहरु पनि छन् । यो १६० सीसी डीटीएस—आई इन्जिनद्वारा संचालित छ जसले १६०ः१५ पीएस पावर र १३.५ एनएम टर्क उत्पादन गर्दछ । यसले ५–स्पीड म्यानुअल ट्रान्समीसन पनि प्रयोग गर्दछ ।

सुरक्षाका लागि बजाज एभेन्जर स्ट्रीट १६० अगाडि २८० एमएम डिस्क ब्रेक र पछाडि भागमा १३० एमएम ड्रम ब्रेकको साथ आउँदछ । ब्रेकका इकाईहरु मानकको रुपमा एकल च्यानल एबीएससँगै छन् । चालकको आरामको लागि यो लामो स्लङ्ग, लामो सिट र फुटरेस्ट स्थानमा साथ आउँदछ । नयाँ एभेन्जर स्ट्रीट १६० स्पाईसी रेड र इबोनी ब्ल्याक कलर भेरियन्टमा शुरुवाती मुल्य रु. ३,१९,९०० मा असोज १५ गतेदेखि देशभर उपलब्ध रहेको छ । असिम मोटर पार्टसका सञ्चालक लक्ष्मण कँडेलले हिमाल, पहाडसँगै तराईमा पनि बजाज कम्पनीका ब्राण्ड उत्तम मानिएकाले अन्य ब्राण्ड जस्तै १६० स्ट्रीटको एभेन्जरलाई पनि मन पराउने विश्वास व्यक्त गरे ।

Translate »