कोरोनाबाट कर्णाली प्रदेश अस्पतालका डा. सापकोटाको निधन

स्काई न्यूज / असोज १५,सुर्खेत ।
कोरोना संक्रमणबाट कर्णाली प्रदेश अस्पतालका वरिष्ठ चिकित्सक डा. हरिप्रसाद सापकोटाको आज दिउँसो मृत्यु भएको छ । नेपालगन्ज‌स्थित   भेरी अस्पतालमा उपचारका क्रममा सापकोटाको दिउँसो करिब ३ बजे मृत्यु पुष्टि भएको हो । प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काका अनुसार मधुमेह र उच्च रक्तचापका बिरामीसमेत रहेका सापकोटालाई सुरुदेखि नै आईसीयूमा अक्सिजन दिएर राखिएको थियो । डा. सापकोटा वरिष्ठ हार्डजोर्नी रोग विशेषज्ञ थिए। प्रदेश अस्पतालका डा. खड्कासहितको टोली बिहीबार ४ बजे नेपालगन्जतर्फ गएका छन् ।

Translate »