निर्मला पहराई प्रेमदेखि पासोसम्म

घोडाघोडी नगरपालिका–४ जनकपुरकी निर्मला पहराई र घोडाघोडी नगरपालिका–५ का ललित जाग्रीबीच आजभन्दा झन्डै आठ वर्षपहिले भेटघाट भएको थियो । उनीहरूको पहिलो भेट पहलमानपुर बजारमा रहेको आरएस कम्प्युटर सेन्टरमा भएको थियो । त्यतिबेला उनीहरू कम्प्युटर सिक्थे ।हरेक साँझ एउटै कक्षामा कम्प्युटर सिक्ने क्रममा उनीहरूबीच सामान्य बोलचाल पनि हुन्थ्यो । बोलचाल बाक्लिँदै जाँदा उनीहरू फेसबुकमा एक अर्काका साथी बने । उनीहरूबीच कुराकानी हुन थाल्यो । तर ६ वर्षपछि ललितले निर्मलालाई प्रेमप्रस्ताव राखे, जुन प्रस्ताव निर्मलाले स्विकारिन् । उनले भनिन्, ‘हेर बाबु, हामी दलित हौं । बहिनीले मात्रै पहराई लेखेकी हो ।

हामी सबैजनाले विक नै लेख्ने गरेका छौं । मेरा छोराछोरीले पनि विक लेख्छन् । भोलि जातपातको समस्या आउला । फेरि तपाईं उमेरले पनि बहिनीभन्दा धेरै जेठो हुनुहुन्छ ।’ निर्मलाले कैलाली एफएमका एक कर्मचारीसँग भनेकी थिइन्, ‘मलाई ललितले प्रेमप्रस्ताव गरे । अब के गर्ने होला ? म दोधारमा छु ।’ती कर्मचारीले निर्मलालाई भने, ‘केटा कस्तो पहिला विचार गर । राम्रै छ भने स्वीकार गर्दा हुन्छ ।’ललितसँग प्रेम सम्बन्ध रहँदै गर्दा निर्मला दिदीको घरमा बसेर कैलाली एफएममा पत्रकारिता सिक्दै थिइन् । उनलाई कैलाली एफएमले जागिरेका रूपमा राखिसकेको थिएन । काम गर्दै जाँदा उनी एफएमको टेक्निसियनसमेत बनिन् । उनलाई टेक्निसियन बनाउन ती कर्मचारीको ठूलो हात छ । तर, ती कर्मचारीले एफएमबाट जागिर छाडे ।
भेटघाट गर्दा कोठाबाट निकालिए
निर्मलाले काम गर्ने रेडियोमा ललितले पनि पत्रकारिता सिक्न थाले । त्यसपछि उनीहरूबीच भेटघाट बाक्लियो । उनीहरूको सम्बन्ध गाढा बन्दै गयो । झन्डै ६ वर्षपछि साँझ–बिहान उनीहरूको भेटघाट हुन थाल्यो । निर्मलाले पनि ललितको प्रेम प्रस्ताव स्वीकार गरिन् । उनीहरू सँगसँगै घर–एफएम आउजाउ गर्थे । अरूले चाल नपाउने गरी उनीहरू विभिन्न ठाउँमा पुगेर भलाकुसारी गर्थे । ललितको कोठामै समेत उनीहरूको भेटघाट हुन थाल्यो । ललित बस्ने घर निर्मलाकी दिदीको घर जाने बाटैमा पथ्र्यो । यसकारण उनीहरूलाई भेटघाट गर्न सजिलो भएको थियो । केटाकेटी एउटै कोठामा लामो समय बिताउने गरेको थाहा पाएपछि ललितलाई घरबेटीले निकालिदिए । यसपछि उनी अर्को कोठा खोजेर बस्न थाले । तर उनीहरूको भेटघाट बन्द भएन ।
आफन्तलाई प्रेमसम्बन्धबारे जानकारी
गत वर्षको दसैंमा निर्मला घरको काम गर्दै थिइन् । उनको फोन दिदी भावना विकले बोकेकी थिइन् । यत्तिकैमा मोबाइलको घण्टी बज्यो । उनले तुरुन्तै मोबाइल हेरिन् । मोबाइलमा म्यासेजको नोटिफिसन देखायो । उनले मोबाइलको लक खोलेर म्यासेज हेरिन् । ललित जाग्रीको म्यासेज रहेछ– हामीले एक पटक विवाह गर्नै पर्छ हेर । हामी सम्बन्धमा बसेको पनि यतिका समय भयो । अब विवाह गरौं । म्यासेज पढेर भावना झनक्क रिसाइन् । उनले निर्मलालाई ‘यो केटा को हो’ भनेर सोधिन् । उनले ललितका बारेमा सबै कुरा बताउँदै आफूहरू एक वर्ष अगाडिदेखि प्रेम सम्बन्धमा रहेको र विवाह गर्ने कुरा खुलाइन् ।
निर्मलाले फोनमा कसैलाई भन्दै थिइन्, ‘त्यसले के गर्न सक्छ रु म ललितसँग बिहे गर्न जाँदै छु । जे पर्ला, त्यही टर्ला ।’ त्यसपछि भावनाले ललितलाई घरमा बोलाउन भनिन् । उनले ललितलाई घरमा बोलाइन् । ललित र भावनाबीच चिनजान भयो । भावनाले सोधिन्, ‘जाग्री भनेको कुन थरी हो बाबु ?’ क्षेत्री हो दिदी,’ ललितले भने । यसपछि उनले भनिन्, ‘हेर बाबु, हामी दलित हौं । बहिनीले मात्रै पहराई लेखेकी हो । हामी सबैजनाले विक नै लेख्ने गरेका छौं । मेरा छोराछोरीले पनि विक लेख्छन् । भोलि जातपातको समस्या आउला । फेरि तपाईं उमेरले पनि बहिनीभन्दा धेरै जेठो हुनुहुन्छ ।’ उनको कुरा सुनेपछि ललितले भने, ‘तपाईं आजकालको समयमा पनि जातपातको कुरा गर्नुहुन्छ, दिदी ?यो २१औं शताब्दी हो । त्यसमा पनि हामी पढेलेखेको मान्छेले जातीय विभेदलाई मान्ने हो त ? त्यसका लागि तपाईं पिर नगर्नुस्, दिदी । म घरका मान्छेसँग सबै कुरा मिलाउँछु ।’
यसपछि भावना पनि ढुक्क भइन् । भावना र ललितका सकारात्मक कुरा सुनेपछि निर्मला खुसी भइन् । उनीहरू खुलेर भेटघाट गर्न थाले । निर्मलाकी दिदीको घरमा समेत ललितको आवतजावत हुन थाल्यो । ललितले निर्मलालाई विवाह नै गर्ने प्रतिबद्धता गरेकाले भावना ढुक्क थिइन् । विवाह प्रस्ताव
गत फागुनमा एक दिन निर्मलाकी दिदीको परिवार बाहिर गएका थिए । त्यस रात निर्मला घरमा एक्लै थिइन् । उनी एक्लै भएको मौका पारी ललित घरमा रात बिताउने गरी आए । त्यस रात उनीहरू सँगै बसे ।
बिहान भएपछि घरबाट ललित बाहिर निस्किए । छिमेकीले ललितका गतिविधि हेरिरहेका थिए । छिमेकीले निर्मला घरमा एक्लै भएको बेलामा भेट्न आएको कुरा भावनालाई सुनाइदिए । यस्तो कुरा सुनेपछि भावना आक्रोशित बनिन् । त्यसपछि बहिनीसँग भनिन्, ‘ललितलाई यहाँ बोलाऊ ।’ निर्मलाले यो कुरा ललितलाई सुनाइन् । ललित दिदीलाई भेट्न आए ।भावनाले ललितलाई सोधिन्, ‘हिजो राति किन आएको यहाँ ?’ उनले भने, ‘निर्मलालाई सघाउन आएको ।’ भावनाले भनिन्, ‘छिमेकीले कुरा काट्न थाले । अब तिमीहरूले विवाह गर्नुपर्‍यो । घरमा कुरा गर ।’ निर्मला पहराईरीको मृत्यु कि हत्या भन्ने विषयमा विवाद सुरु भयो । जिल्ला प्रहरी कार्यालय, कैलालीले धनकला र ललितलाई थुनामा राखेर अनुसन्धान गरिरहेको छ । ललित ुहुन्छ हुन्छु भन्दै निस्किए । तर, उनी बिस्तार निर्मलाबाट टाढा हुन थाले । उनले एफएमको जागिरसमेत छाडे । निर्मलाले यो कुरा भावनालाई सुनाइन् । ललितको गतिविधि देखेर निर्मला तनावमा थिइन् । त्यतिबेलै कोरोना महामारीका कारण देशमा लकडाउन भयो । उनीहरूको भेटघाट चटक्कै रोकियो ।
निर्मला र धनकलाबीचको झगडा
निर्मलासँग टाढिएपछि ललित धनकला ९नाम परिवर्तन०सँग नजिकिए । उनीहरूबीच बिस्तारै प्रेम सुरु भयो । ललितले नै धनकलालाई विवाहको प्रस्ताव गरे । त्यसबेला ललितको फेसबुक आइडी निर्मलाले र निर्मलाको फेसबुक आइडी ललितले चलाउने गरेका थिए । यसैकारण निर्मलाले फेसबुकमार्फत ललित–धनकला सम्बन्ध थाहा पाइन् । यसपछि निर्मलाले धनकलालाई फेसबुकमा साथी बनाइन् । उनीहरूबीच कुराकानी सुरु भयो । धनकलाले ललितको फोटो राखेर टिकटक बनाएपछि निर्मलाले सोधिन्, ‘तिमीले ललितलाई कसरी चिनेको ? उनी तिम्रो को पर्छन् ?’ धनकलाले ललित आफ्नो प्रेमी भएको र आफूहरूले छिट्टै विवाह गर्न लागेको बताइन् । यसपछि निर्मला र धनकलाबीच फेसबुकमै झगडा सुरु भयो । उनीहरूबीच फोनमार्फत पनि झगडा भयो । गत साउनमा धनकलाकी आमाले निर्मलासँग ललित–धनकला सम्बन्धबारे कुरा गरेकी थिइन् । उनले धनकलाको मगनी अर्कै केटासँग भएकाले ललितको विषयमा झगडा नगर्न दुवै जनालाई सम्झाएकी थिइन् । ‘झगडा केलाई हो लाटी ? तेम्रो मग्नी भैग्यो । क्यालाई ललितसँग ब्या अद्दा ? नाइँ हर्दी ब्या, भन्या,’ उनले भनेकी थिइन् । तर, उनीहरूको झगडा यतिकैमा रोकिएन । गत भदौ २९ गते उनीहरूबीच झगडा भएको निर्मलाका आफन्तले पनि थाहा पाए । त्यसबेला निर्मलाले विवाहका लागि ललितलाई दबाब दिइरहेकी थिइन् । तर, ललितले आफ्नो परिवारले निर्मलालाई नस्विकार्ने भन्दै टाढिन खोजिरहेका थिए । बहिनीसँग मेरो कुरा भएको थियो । घरका मान्छेहरूले तल्लो जातको केटी भएकाले स्वीकार गर्दैनन् भन्दै ललित टाढिएको सुनाइन्,’ भावनाले त्यसबेलाको घटना स्मरण गर्दै भनिन् । ललितको कुरा र हाउभावमाथि निर्मलाका दाइ विशाल पहराईलाई शंका लाग्यो । निर्मलाका दाइहरूले जंगलमा खोज्न सुरु गरे । खोजीकै क्रममा ललितको घरबाट करिब ४–५ किलोमिटर दूरीमा निर्मला झुन्डिएको अवस्थामा फेला परेकी थिइन् । ३० भदौको बिहान, निर्मला एफएममा समाचार पढेर घर फर्किन् । ललितलाई भेट्न जाने भनेरै उनले नुवाइधुवाइ गरिन् । उनले कृष्णासँग भनिन्, ‘मलाई ललितले विवाह गर्न बोलाएको छ । म आज त्यहाँ जान्छु ।’ त्यस्तै, उनले भावनालाई भनिन्, ‘ललितले एकान्तमा बसेर झगडा मिलाउन भनेर बोलाएको छ । धनकलाले पनि उनको घरमा जाऔं भनिन् । धनकला आफ्नो दाइलाई लिएर आउँछे ।’ त्यस्तै निर्मलाले धनकलासँग फोनवार्तामा भनेकी थिइन्, ‘म पनि दाइलाई लिएर आउँछु ।’यो कुरा धनकलाले ललितलाई सुनाइन् । यसपछि ललितले फोनमार्फत निर्मलालाई भने, ‘दाइ नल्याऊ । बरु एक्लै आऊ । एकान्तमा बसेर झगडा मिलाऔँला ।’ भावनाले निर्मलालाई ललितको घर जान रोक्ने प्रयास गरिन् तर निर्मला कृष्णा दिदीसँग घरबाट कतै जाने भनेर निस्किइन् । उनी फोनमा गफ गर्न थालिन् । जुन कुरा कृष्णा दिदीले सुन्दै थिइन् । निर्मलाले फोनमा कसैलाई भन्दै थिइन्, ‘त्यसले के गर्न सक्छ रु म ललितसँग बिहे गर्न जाँदै छु । जे पर्ला, त्यही टर्ला ।’ फोनवार्ता सकिएपछि निर्मलाले कृष्णा दिदीलाई भनिन्, ‘मेरो टाउको दुख्यो । रेडियोमा फोन गरेर म आउन सक्दिनँ भनिदिनुहोस् । म ललित भएको ठाउँमा जान्छु ।’ त्यसपछि कृष्णाले भनिन्, ‘तिमी उपचार गर्न जाऊ । ललितकहाँ नजाऊ ।’ उनले निर्मलालाई उपचारका लागि तीन सय रुपैयाँ पनि दिइन् । यसपछि उनीहरू बजारबाट छुट्टिए । त्यो साँझ निर्मला घर आइनन् । आफन्त र छिमेकीले निर्मलाको खोजी गरे । उनीहरूले फोनमार्फत कृष्णासँग सम्पर्क गर्न खोजे तर फोन लागेन ।
भदौ १ आफन्तले निर्मलालाई बेपत्ता पारेको आशंका गर्दै ललितको नाममा उजुरी दिए । सोही दिन प्रहरीले ललितलाई पक्राउ ग¥यो । तर, उनीसँग सामान्य सोधपुछ गरेर उनलाई छाडियो । भोलिपल्ट ललितको घरमा निर्मलाका दाइहरू पुगे । ललितले भने, ‘म जंगलमा खोज्छु, तपाईंहरू अन्य ठाउँमा खोज्नुहोस् ।’ ललितको कुरा र हाउभावमाथि निर्मलाका दाइ विशाल पहराईलाई शंका लाग्यो । निर्मलाका दाइहरूले जंगलमा खोज्न सुरु गरे । खोजीकै क्रममा ललितको घरबाट करिब ४–५ किलोमिटर दूरीमा निर्मला झुन्डिएको अवस्थामा फेला परेकी थिइन् । निर्मला पहराईको मृत्यु कि हत्या भन्ने विषयमा विवाद सुरु भयो । जिल्ला प्रहरी कार्यालय, कैलालीले यस विषयमा धनकला र ललितलाई थुनामा राखेर अनुसन्धान गरिरहेको छ । (नेपाली पब्लिक)

 

 

Translate »